अभद्र ट्विट गरेको भन्दै भारतमा कांग्रेस नेतृविरुद्ध उजुरी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा उत्तर प्रदेशका मुख्यमनत्री योगी आदित्यनाथमाथि सामाजिक सन्जालमा अभद्र टिप्पणी गरेको आरोपमा कांग्रेस नेतृ अलका लाम्बाविरुद्ध लखनउमा मुद्दा दायर भएको छ ।

डा. प्रिती वर्माले यो उजुरी दिएको त्यहाँको प्रहरीले जनाएको छ ।

डा. वर्माले कांग्रेस नेतृ लाम्बाले २५ मेमा राति १२ बजे प्रधानमन्त्री र मुख्यमन्त्रीविरुद्ध अमर्यादित भाषा प्रयोग गरेर ट्विट गरेको आरोप लगाएकी छिन् । उनले लाम्बालाई जतिसक्दो छिटो कारवाही गर्नु पर्ने माग गरेकी छिन् । प्रहरीले उजुरी लिएर छानबिन सुरु गरेको छ ।





  • प्रकाशित मिति : जेठ १३, २०७७ मंगलबार ७:०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया