भक्तपुर– भक्तपुरमा टिपरको ठक्करबाट एकजना सईको मृत्यु भएको छ । भक्तपुरको मध्यपुरथिमि–४ मा ड्युटीमा खटिएका सई निमबहादुर घर्तीमगरको मृत्यु भएको हो । दाङको रामपुर घर भएका उनी महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत थिए ।
सोमबार राति साढे ९ बजे बा४ख ४७०१ र बा४ख ४३१८ नम्बरको टिपर अनियन्त्रित भई आपसमा ठोक्किँदा ड्युटीमा खटिएका सई घाइते भएका थिए । उनको नर्भिक अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रहरीले टिपरका चालक धादिङका राजेन्द्र प्याकुरेल र राजेश सैंजुलाई नियन्त्रणमा लिएको छ । चालक सैंजुले मापसे गरेर टिपर चलाएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।