सप्तरीमा थपिए ११ कोरोनाभाइरस संक्रमित, कूल संख्या ७ सय ८३

मंगलबार साँझ सप्तरीमा थप ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७ सय ८३ पुगेको छ ।

पछिल्लो पटक सप्तरीमा थपिएका ११ जनामा एक जना महिला र अरु सबै पुरुष छन् । 

बोदेबरसाइन नगरपालिकामा ८ जना, बलानबिहुल गाउँपालिकामा २ जना र सुरुङ्गा नगरपालिकामा एक जना कोरोनाभाइरस संक्रमित थपिएका हुन् । 

अब उनीहरुलाई आइसोलेसनमा राख्ने तयारी भएको छ । उनीहरु सबै पछिल्लो समय भारतबाट आएका हुन् ।

यसअघि मंगलबार विहानमात्र नेपालमा ९० जना कोरोनाभाइरस संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।





  • प्रकाशित मिति : जेठ १३, २०७७ मंगलबार १८:३२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया