गुल्मीमा गाउँपालिका अध्यक्षलाई काेराेनाभाइरस संक्रमण

गुल्मीमा एक जना जनप्रतिनिधिमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। धुर्कोट गाउँपालिकाका अध्यक्ष  भुपाल पोखरेल सहित अर्का एक जनामा कोरोना संक्रमण रहेको सोमबार साँझ पुष्टि भएको हो। कोरोना संक्रमण देखिएपछि गाउँपालिकाका अध्यक्ष पोख्रेलले अहिले आँफु घरमै क्वारेन्टिनमा बसेको र कुनै स्वास्थ्य समस्या देखिए तुरुन्त अस्पताल जाने बताएका छन।

अर्का एक जना भारतबाट फर्केर क्वारेन्टिनमा बसेका दृघ रोगी रहेको र उनको उपचार भइरहेको गाँउपालिकालगायत जनाएको छ। गाँउपालिका अध्यक्ष पोख्रेलले आफु जिल्ला सदरमुकाम तथा पालिकामै कोरोनाको जोखीम न्युनीकराणकालागि भएका छलफल तथा बैठकमा सहभागी भएको बताएका छन्।  उनी पालिकाका विभिन्न क्वारेन्टिन व्यवस्थापनमा समेत खटिएका थिए।  

यसअघि छिमेकी गाँउपालिकामा कोरोना देखिएपछि धुर्कोटमा  पनि जनप्रतिनिधि सहितको आरडिटि टेष्ट गरीएको थियो। आरडिटि रिर्पोट पोजेटिभ देखिएका अर्का एक जना जनप्रतिनिधिको भने पिसीआर रिर्पोट आइसकेको छैन।  

जनप्रतिनिधिमै कोरोना संक्रमण देखिए पछि उनको सम्पर्कमा रहेका सुरक्षा निकायका प्रमुख,जिल्ला प्रशासन तथा स्वास्थ्य कार्यालयका प्रमुख सहित कर्मचारी गरी ४४ जनाको थ्रेट स्वाब संकलन गरी परिक्षणकालागि पठाउने तयारीमा रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। अध्यक्षको  सम्पर्कमा आएका सबैलाई खबर गरी सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरीएको पनि गाँउपालिकाले जनाएको छ। धुर्कोट गाँउपालिकाको केन्द्र रहेको वरपर सिल गरीएको छ।  

यससँगै गुल्मीका संक्रमितको सख्या ४ पुगेको छ। यसअघि  अर्घाखाँचीको पाणिनीमा पनि दुई जना संक्रमित भेटिएपछि त्यहाँ पनि कन्ट्रयाक्ट ट्रेसिग सुरु गरीएको छ। जिल्ला बाहिर नगएका वा कोरोनाकालागि सहयोगी ट्राभल हिष्ट्रि नभएकाहरुमा नै संक्रमण देखिएको भन्दै स्वास्थ्यका अधिकारीहरुले कोरोना समुदायमै फैलीसकेको हुन सक्ने आशंका गर्न थालेका छन्।  





  • प्रकाशित मिति : जेठ १३, २०७७ मंगलबार १८:३७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया