कोरोनाभाइरसः अमेरिकामा एक लाखको निधन

गत वर्ष डिसेम्बरको अन्त्यमा चीनको वुहानमा पहिलो पटक मानिसमा देखिएको कोरोनाभाइरस अहिले विश्वका लागि ठूलो चुनौति बनिसकेको छ । विश्वभरका देश यो महामारीका कारण नराम्रोसँग प्रभावित भएका छन् । 

यो भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ । अमेरिकामा अहिलेसम्म सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् भने अमेरिकामा नै अहिलेसम्म विश्वमा सबैभन्दा धेरै मानिसले यो महामारीका कारण ज्यान गुमाएका छन् ।

पछिल्लो जोन्स हप्किङ्स विश्वविद्यालयको रिपोर्टअनुसार अमेरिकामा अब यो भाइरसका कारण ज्यान गुमाउनेको संख्या एक लाख पुगेको छ । अमेरिकामा १७ लाख मानिस यो भाइरसका कारण संक्रमित भएका छन् ।





  • प्रकाशित मिति : जेठ १४, २०७७ बुधबार ९:४१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया