युद्धका लागि तयार रहन सेनालाई सी जिनपिङको आदेश

एजेन्सी– चीनका राष्ट्रपति सी जिनपिङले मंगलबार सेनाका लागि एक आदेश जारी गर्दै युद्धका लागि तयार रहन आदेश दिएका छन् । 

जिनपिङको यो टिप्पणी लद्दाखमा भारत र चीनबीच करिब २० दिनदेखि जारी गतिरोधको पृष्ठभूमिमा आएको हो । जिनपिङले सेनालाई पूरा दृढताका साथ देशको सम्प्रभुताको रक्षा गर्न भनेको हिन्दुस्तान टाइम्सले लेखेको छ । 

जिनपिङले यो आदेश संसद सत्रको क्रममा पिपल्स लिबरेसन आर्मी (पिएलए) र पिपल्स आर्म्ड पुलिस फोर्सको प्रतिनिधिको बैठकमा भाग लिने बेला दिएका हुन् ।

जिनपिङले सीमामा तनाव बढिरहेको र थुप्रै देश मिलेर चीनलाई निशाना बनाउन तयारी गरिरहेकोले सेनाले खराब स्थितिका लागि तयार रहनुपर्ने बताएका छन् । जिनपिङ चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का महासचिव तथा २० लाख सैनिकका सेना प्रमुख हुन् ।





  • प्रकाशित मिति : जेठ १४, २०७७ बुधबार ११:२७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया