झापामा थप १७ जनामा कोरोनाभाइरस संक्रमण

बुधबार झापामा थप १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

बुधबार दिउँसो कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । यीमध्ये कचनकवल गाउँपालिकाका १५ जना रहेका छन् । त्यस्तै, गौरदह नगरपालिकाका २ जनामा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

झापामा मात्र अब ५४ जना कोरोनाभाइरस संक्रमित पुगेका छन् । 

यीमध्ये २ जनाले कोरोना जितिसकेका छन् । झापाको कचनकवलमा मात्र ३० जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।





  • प्रकाशित मिति : जेठ १४, २०७७ बुधबार १५:२५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया