बर्दियाको क्वारेन्टाइनमा एक व्यक्तिको मृत्यु

बर्दियाको क्वारेन्टाइनमा एक व्यक्तिको मृत्यु भएको छ । उनी गुलरिया नगरपालिकाका ५५ वर्षका पुरुष हुन् । 

अछामबाट मंगलबार राति गुलरिया आएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । 

मजदूरी गरेर अछामबाट छोरासँगै फर्किएका उनी बबई बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा पुगेको केही समयमा नै उनको अवस्था गम्भीर भएपछि उनलाई उपचारका लागि लगिएको थियो । तर, अस्पताल पुर्याउनु अघि नै उनको बाटोमा मृत्यु भयो ।

उनी दमका रोगी भएको बताइएको छ ।

अब उनको स्वाब लिएर कोरोना परीक्षण गरिने बताइएको छ ।





  • प्रकाशित मिति : जेठ १४, २०७७ बुधबार १६:१५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया