‘नेपालमा कोरोनाभाइरस संक्रमण अबका दुई महिना थप बढ्छ’

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या जुन र जुलाई महिनामा थप बढेर जाने प्रक्षेपण गरिएको छ ।

सरकारले नै बनाएको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएम)ले यो प्रक्षेपण गरेको हो । नेपाली सेनाका स्वास्थ्यकर्मीसहितको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरुले भारत र अन्य छिमेकी देश तथा अन्य अन्तर्राष्ट्रिय देशहरुको ट्रेन्डलाई हेरेर यो आँकलन गरेको बताइएको छ ।

समितिले यसलाई गणितीय विश्लेषण गरेको भनेको छ । र, यसबाट थप पूर्वतयारी गर्नु पर्ने सन्देश आएको समितिको बुझाइमा छ ।

नेपालमा अहिलेसम्म कोरोनाभाइरस संक्रमणको भयावह स्थिति नपुगेको भन्दै समितिले थप तयारी आवश्यक रहेको बताएको छ ।





  • प्रकाशित मिति : जेठ १४, २०७७ बुधबार १८:५३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया