हार्वर्ड विश्वविद्यालयका प्रोफेसर आशिष झाले कोरोनाविरुद्ध तीन औषधीले निकै राम्रो गरिरहेको बताएका छन् । उनले यीमध्ये एउटा औषधी अर्को वर्षको सुरुवातमा आउन सक्ने जानकारी पनि दिएका छन् ।
भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीसँगको भिडियो कन्फ्रेन्समा उनले यस्तो बताएका हुन् ।
‘अमेरिका, चीन र बेलायतमा चलिरहेको औषधीको ट्रायलले सुरुवाती चरणमा निकै राम्रो नतिजा दिएका छन्,’ उनले भनेका छन्, ‘यीमध्ये एक औषधी आगामि वर्षको सुरुवातमा आउनसक्छ । यो औषधीले कोभिड १९ रोकथामका लागि प्रभावकारी पनि हुनसक्छ ।’
त्यसो त उनले बिसिजी लगाएकाहरुलाई कोरोना संक्रमण कम देखिएको पनि बताएका छन् । तर, गर्मी हुँदैमा कोरोनाभाइरस हराउने भन्ने चाहिँ नहुने उनले बताएका छन् ।
तर, खुला ठाउँमा भन्दा बन्द ठाउँमा यो भाइरसको संक्रमण दर कम भएको पनि उनले बताएका छन् ।
उनले परीक्षणलाई बढाएर मात्र कोभिड १९ रोक्न सकिने पनि बताएका छन् । उनले संक्रमित भएका मानिसहरुलाई छिटो पत्ता लगाएर उनीहरुबाट संक्रमण फैलन नदिने हो भनेमात्र यो सम्भव रहेको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।