प्रिमियर लिगका थप ४ जनालाई कोरोनाभाइरस

प्रिमियर लिग फुटबलर तथा कोच गरेर थप चार जनालाई कोरोनाभाइरस संक्रमण भएको छ । यो मंगलबार र बुधबार गरिएको परीक्षण पछि आएको रिपोर्ट हो । 

उनीहरु कसैको पनि नाम सार्वजनिक गरिएको छैन । तर, तीन वटा क्लबका खेलाडी तथा कोचलाई कोरोना संक्रमण भएको बताइएको छ ।

अब उनीहरु सात दिनका लागि आइसोलेसनमा जाने भएका छन् । 

यसअघि प्रिमियर लिगका अन्य आठ जनालाई पनि कोरोना संक्रमण भएको थियो । प्रिमियर लिग जुनदेखि सुरु हुने बताइएको छ । तर, यसको मिति अहिलेसम्म सार्वजनिक गरिएको छैन ।





  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार १:२२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया