कोरोनाको हटस्पट बन्दै गएको बाँके जिल्लाभरि बुधबार राति १० बजेदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।
बाँकेमा अहिलेसम्म १७० जना कोरोना सङ्क्रमित भेटिएका छन् । अवस्था नियन्त्रणबाहिर जान थालेकाले निषेधाज्ञा जारी गरिएकाे हाे । सरकारले केही दिनअघिमात्र बाँकेका सिडिओकाे सरुवा पनि गरेकाे थियाे । बुधबार जिम्मेवारी सम्हालेलगत्तै प्रजिअ कुरुम्बाङले बाँकेमा कडाइ गरिने निर्देशन दिँदै बुधबार रातिदेखि नै अनिश्चितकालीन निषेधाज्ञा जारी गरेका हुन् ।
लकडाउनको पालना नगरिएको पाइएकाले बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।