गण्डकी प्रदेशमा थपिए ३ कोरोनाभाइरस संक्रमित

गण्डकी प्रदेशका स्याङ्जा र नवलपुरमा कोरोनाभाइरस संक्रमित भेटिएका छन् । 

बिहीबार विहान आएको परीक्षणको नतिजाअनुसार यी दुई ठाउँमा तीन जना कोरोनाभाइरस संक्रमित भेटिएका हुन् । 

स्याङ्जाको वालिङमा रहेका २२ र २६ वर्षका दुई युवालाई कोरोना संक्रमण देखिएको छ । अब उनीहरुलाई सदरमुकामको आइसोलेसन लैजान लागिएको छ । 

त्यस्तै, नवलपुर देवचुली नगरपालिकामा क्वारेन्टाइनमा रहेका एक युवालाई पनि कोरोनाभाइरस संक्रमण देखिएको छ । 

योसँगै अब गण्डकी प्रदेशमा मात्र कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।





  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार ८:४४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया