८० जना थपिए कोरोनाभाइरस संक्रमित

नेपालमा बिहीबार विहानमात्र ८० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १ हजारको नजिक पुगेको छ । 

बिहीबार विहान स्याङ्जाका तीन जना, नवलपुरका एक जनामा कोरोना पुष्टि भएको हो । 

त्यस्तै, प्रदेश २ मा मात्रै ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यसमा सबैभन्दा धेरै धनुषामा २९ जना, महोत्तरीमा १७, सप्तरीमा १४, सर्लाहीमा ७, सिरहामा ६ र रौतहटमा ३ जनामा संक्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा झन्डै हजार जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । नेपालमा कोरोनाभाइरसका कारण ५ जनाको ज्यान गइसकेको छ ।





  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार ९:१९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया