काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब नेपाललाई कुनै पनि हालतमा राजनीतिक प्रयोगको थलो बन्न दिनु नहुनेमा जोड दिएका छन् ।
गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै नेता पौडेलले नेपाली जनताको सात दशक लामो संर्घषले नेपालमा राजनीतिक व्यवस्थाको टुंगो लागेको बताए ।
कोरोना संक्रमणका वेला स्थानीय सरकारले देखाएको भूमिकाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको आवश्यकता पुष्टि भएको उनको भनाइ छ ।
संघीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ र स्थिर बनाएर मुलुकले विकासको काँचुली फेर्नुपर्ने उनले बताएका छन् ।
यही व्यवस्थालाई सुदृढ र स्थिर बनाए मुलुकले विकासको काँचुली फेर्ने उल्लेख गर्दै उनले अब कुनै पनि हालतमा नेपाललाई राजनीतिक प्रयोगको थलो बन्न दिन नहुनेमा जोड दिएक छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।