जातीय छुवाछूतको व्यवहारिक अन्त्य गरौँ : अध्यक्ष तिमिल्सिना

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली समाजमा सदिऔँदेखि रहँदै आएको जातीय छुवाछूतलाई संविधान तथा कानुनले दण्डनीय बनाए पनि जातीय छुवाछुतका घटनाहरु घटिरहेको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले सबै प्रकारका जातीय छुवाछूतको व्यवहारिक रुपमा अन्त्य गर्न सबै तत्पर भई लाग्न जरुरी रहेको बताएका छन् ।   

समृद्ध नेपाल सुखी नेपालीको अभियानमा देश अगाडि बढिहरेको बेलामा कोरोना भाइरसले समस्या सिर्जना गरेको बताउँदै उनले यसले मानव स्वास्थ्यमा मात्र नभई विश्वकै सामाजिक तथा आर्थिक गतिविधि ठप्पप्रायः बनेको बताएका छन् । 

‘नेपालको पनि सामाजिक तथा आर्थिक गतिविधिमा संकुचन आउँदा गरिबी तथा बेरोजगारी बढ्ने देखिन्छ,’ उनले भनेका छन्, ‘यी विभिन्न चुनौतीको अन्त्य गर्दै वर्तमान सरकारले समृद्ध नेपालको अभियान पूरा गर्ने विश्वास लिएको छु ।’

जनताका आधारभूत आवश्यकता गास, बास, कपास, स्वास्थ्य, शिक्षालगायतमा सबै जनताको पहुँच हुने विश्वास व्यक्त गर्दै उनले नेपालको संविधानले यी विषयलाई मौलिक हकमार्फत सुनिश्चित गरेको बताएका छन् ।





  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार १०:४६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया