दैलेख जिल्लामा फेरि ८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । योसँगै कर्णाली प्रदेशमा मात्र अब कोरोना संक्रमितको संख्या ४६ पुगेको छ ।
सुर्खेतमा गरिएको परीक्षणमा दैलेखमा कोरोनाभाइरस संक्रमित भएको पुष्टि भएको हो । कर्णाली प्रदेश सरकारका अनुसार दैलेखको नारायण नगरपालिकाका १ वर्षका १७, १९, २६, ३०, ३६ र ४० वर्षका पुरुष तथा २० वर्षकी युवतीमा कोरोनाभाइरस संक्रमण देखिएको हो ।
यसअघि दैलेखमा ६ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।
अब नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९९० पुगेको छ । अहिलेसम्म नेपालमा ५ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।