चाैरजहारी घटना: १८ जना पक्राउ

चौरजहारी नगरपालिका सोती गाउँमा शनिबार साँझ भएको घटनामा अनुसन्धान गर्न थप स्थानीयलाई पक्राउ गरिएको छ।

पीडितको किटानी जाहेरी आरोपमा बिहीबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले थप ६ जनालाई पक्राउ गरेको हो।  रुकुम पश्चिम प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार किटानी जाहेरी गरिएका मध्ये १८ जना पक्राउ परिसकेका छन् भने अन्य दुई जनालाई पनि प्रहरीले खोजी गरिरहेको छ।

 घटनामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि १२ जनालाई पक्राउ गरिसकेको छ। उनीहरुलाई जिल्ला अदालत रुकुम पश्चिमबाट १० दिनको थुना आदेश लिएर अनुसन्धान भैरहेको छ।

सोतीगाउँकी मल्ल थरकी किशोरीलाई विवाह गर्न भनी जाजरकोटबाट आएका नवराज विक र उनीसँगै आएका १८ जनाको समूहलाई गाउँलेले आक्रमण गर्दै लखेटेका थिए। उक्त झडपमा परी केही मानिसको मृत्यु भएको थियो। घटनाको विषय रुकुम पश्चिम र जाजरकोट प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 





  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार १७:२७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया