काठमाडौंमा ३ सय शैय्याको सरुवा रोग अस्पताल निर्माण गरिने

सरकारले आगामि वर्ष काठमाडौंमा ३ सय शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने भएको छ । यो सरुवा रोग विशेष अस्पताल हुनेछ 

बिहीबार संसदमा बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यो जानकारी दिएका हुन् । 

उनका अनुसार काठमाडौं उपत्यका र प्रदेश राजधानीका सरकारी असप्तालमा थप २५० आइसियू बेड स्थापना पनि हुनेछन् । सबै प्रदेश राजधानीमा ५० शैय्याको सरुवा रोग अस्पताल सन्चालन गरिने सरकारको लक्ष्य रहेको छ ।

त्यस्तै, पोखर र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर, भेरी र डडेल्धुरा अस्पतालको स्तोरन्नती पनि गरिनेछ । 

स्वास्थ्य पूर्वाधारका लागि आगामि आर्थिक वर्षको बजेटमा १२ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।





  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार २०:२०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया