आगामी वर्ष ४० प्रतिशत नेपालीलाई स्वास्थ्य बीमामा ल्याइने

सरकारले आगामी वर्ष ४० वर्ष नेपालीलाई स्वास्थ्य बीमामा समेट्ने योजना बनाएको छ । 

बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यो बताएका हुन् । 

उनले सबै नागरिकमा स्वास्थ्य बीमा पुग्ने गरि आगामी वर्ष सबै स्थानीय तहका ४० प्रतिशत जनसंख्यालाई बीमाको दायरामा ल्याइने बताएका छन् । 

स्वास्थ्य बीमा कार्यक्रममा आधारभूत बाहेकका स्वास्थ्य सेवालाई पनि क्रमशः समावेश गर्दै लगिने उनले बताएका छन् । 

यसका लागि उनले ७ अर्ब ५० करोड विनियोजन गरेका छन् ।





  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार २०:२५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया