कोरोना महामारीका कारण आएको अर्थतन्त्रको संकुचनका कारण नेपालको बजेट चालु आर्थिक वर्षको भन्दा आगामि आर्थिक वर्षको सानो आकारको भएको छ ।
यो बजेटमा स्वास्थ्य क्षेत्रमा विशेष जोड दिइएको छ । त्यस्तै शिक्षामा पनि बजेटले जोड दिएको छ ।
यस वर्ष व्यक्तिगत कर स्ल्याबमा कुनै घटबढ गरिएको छैन । साना व्यवसायीलाई ७५ प्रतिशतसम्म छुट दिनेसमेत बजेटमा उल्लेख गरिएको छ ।
तर, केही वस्तुमा सरकारले कर बढाएको छ । कर बढाएका वस्तुहरुको मूल्य अब महंगिने निश्चित छ ।
यसपटक सरकारले चुरोटमा कर बढाएको छ । त्यस्तै मदिरामा पनि कर बढाइएको छ । यसको अर्थ हो, अब चुरोट र मदिरोको मूल्य बढ्ने निश्चित छ ।
योमात्र होइन, सरकारले सुनको मूल्यमा पनि भन्सार बढाएको छ । बजेटमा सुनको मूल्यमा भन्सार बढाइने भनेसँगै अब सुनको मूल्य बढ्ने छ । एक तोला सुनमा २ हजारभन्दा बढी कर बढाइएकाले अब सुनको मूल्य यही अनुपातमा बढ्ने निश्चित छ ।
सरकारले हवाई इन्धनबाहेकका पेट्रोलियम पदार्थमा पनि कर बढाएको छ । पेट्रोलियम पदार्थमा कर बढाएसँगै अब पेट्रोल, डिजेल तथा मट्टितेको मूल्य बढ्ने निश्चित छ । तर, यसमा खाना पकाउने एलपिजी ग्यास पर्ने छैन ।
सरकारले विभिन्न उद्योगले आयात वस्तुहरुमा पनि केही कर बढाएको छ । यसका कारण अब विदेशबाट आउने वस्तुहरु पनि महंगो हुनेछन् ।
अर्कोतिर, सामुदायिक वनले बिक्री गर्ने वन पैदावरमा सरकारले लिँदै आएको १५ प्रतिशत कर खारेज भएको छ । योसँगै अब फर्निचरहरुको मूल्य घट्ने निश्चित भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।