बजेटमा आफ्नो गाउँ आफैं बनाउँबारे के उल्लेख छ ?

आगामि वर्षका लागि आज अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट ल्याएका छन् ।

यसपटकको बजेटमा पनि आफ्नो गाउँ आफैं बनाउँबारे उल्लेख गरिएको छ । 

बजेट भाषण गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘आफ्नो गाउँ आफैं बनाउँको भावनाअनुसार स्थानीय तहबाट सन्चालन हुने विकास निर्माणका श्रममूलक सामाजिक तथा भौतिक विकास आयोजनामा विपन्न परिवार लक्षित कामका लागि खाद्यान्न कार्यक्रम सन्चालन गर्ने व्यवस्था मिलाएको छु ।’

सँगैसँगै डा. खतिवडाले बेरोजगार रहेका, कोरोनाका कारण रोजगारी गुमेका र वैदेशिक रोजगारीबाट फर्किएकालाई पारिश्रमिकसहितको जनसहभागितामूलक र प्रविधि सहितको श्रममूलक विकास निर्माणमा परिचालन गर्न आवश्यक रकमको पनि व्यवस्था गरेको उल्लेख गरेका छन् ।

आज ल्याइएको आगामि वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा थप विस्तार गर्ने उल्लेख गरिएको छ । यो कार्यक्रमका लागि ११ खर्ब ६० करोडको बजेट छुट्याइएको छ ।





  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार २२:३४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया