किसान क्रेडिट कार्ड आगामि आर्थिक वर्षबाट

सरकारले अब किसानलाई पनि क्रेडिट कार्ड दिने भएको छ । आज सार्वजनिक गरिएको बजेटमा यसको व्यवस्था मिलाइएको हो ।

आज बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भने, ‘कृषिमा प्रदान गरिँदै आएको सबै प्रकारको अनुदानको पुनरावलोकन गरी संघ, प्रदेश र स्थानीय तहबीच यो सुविधा दोहोरो नपर्ने व्यवस्था मिलाइनेछ ।’ उनले थपे, ‘कृषि ऋणमा सहज पहुँच बनाउन किसान क्रेडिट कार्डको सुरुवात हुनेछ ।’

यसको अर्थ किसानले अब ऋण लिँदा सहज हुने अवस्थाको सामना गर्नेछन् ।

भारतमा पनि किसान क्रेडिट कार्ड ल्याएपछि मोदी सरकारको लोकप्रियता बढेको थियो ।





  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार २३:१३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया