नेपालमा १२ सय कोरोनाभाइरस संक्रमित

कोरोनाभाइरस महामारी फैलिएपछि बिहीबार नेपालमा सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् । बिहीबार मात्र नेपालमा १ सय ७१ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । 

योसँगै नेपालमा अब कोरोनाभाइरस संक्रमितको संख्या १ हजार १ सय ९८ जना भएका छन् । यीमध्ये पाँच जनाले ज्यान गुमाइसकेका छन् । 

नेपालमा आज सबैभन्दा धेरै धनुषामा २९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार धनुषामा ४ वर्षकी बालिका, ८ वर्षका बालकलाई पनि कोरोनाभाइरस संक्रमण देखिएको छ ।

झापामा पनि आज एकै दिन २५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । यी सबै कचनाकवलका हुन् । त्यहाँ अब संक्रमितको संख्या ५८ पुगेको छ । 

महोत्तरीमा १७ जना, रौतहटमा २० जनामा पनि आज कोरोनाभाइरस संक्रमण देखिएको छ ।

अर्को जिल्ला, सप्तरीमा आज १४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । 



यता, पश्चिममा दैलेखमा आज विहान ८ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । त्यहाँ ७ पुरुष र एक महिलामा कोरोनाभाइरस संक्रमण देखिएको हो ।

नेपालमा आज पहिलो पटक सोलुखुम्बुमा पनि कोरोनाभाइरस संक्रमण देखिएको छ । सोलुखुम्बुमा ५५ वर्षका एक पुरुषमा कोरोनाभाइरस संक्रमण देखिएको हो । त्यस्तै, दोलखामा २ जना, मकवानपुरमा १ जना, नवलपुरमा १ जना, स्याङ्जामा ३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।



आजै नेपालमा पहिलो पटक दार्चुलामा पनि कोरोनाभाइरस संक्रमित भेटिएका छन् । दार्चुलाका २५ वर्षीय युवकमा कोरोनाभाइरस संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कैलालीमा ३ जना, बर्दियामा ३ जना र बाँकेमा एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आज कपिलवस्तुमा २३ जना, रुपन्देहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

म्याग्दीमा पनि आज कोरोनाभाइरस संक्रमित भेटिएका छन् । अर्घाखाँचीका मृत एक युवकमा कोरोना संक्रमण भएको पुष्टि पनि आजै भएको छ । पर्सामा ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार २३:३२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया