कृषकले बाली उत्पादन भएपछि बीमाकाे प्रिमियम तिर्दा हुने

कृषकले बाली उत्पादन भएपछि मात्रै बीमाको प्रिमियम तिर्न पाउने भएका छन् ।

बिहीबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । उनले कोरोना महामारीबाट उत्पन्न समस्यालाई समाधान गर्न कृषिलाई आधुनिक बनाउने बताए । उनले कृषिमा सामूदायिक, सहकारीमार्फत ठूलो परिणाममा उत्पादन बढाउने बताए । यसका लागि मल विऊ पनि उपलब्ध गराउने बताए ।

उनका अनुसार दुध तरकारी र मासुमा आत्मनिर्भर हुने गरी कार्यक्रम ल्याइनेछ । वसन्ते मकैं खेतीलाई प्रोत्साहन गरिने, कृषि उद्यमलाई प्रोत्साहन गरिनेछ भने एक स्थानीय तहमा एक उत्पादनका रुपमा पकेट क्षेत्र स्थापना गरिनेछ । यसका लागि ३ अर्ब २२ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

खाद्य सम्प्रभुता कायम गरिनेछ । सबै स्थानीयमा घुम्तीमार्फत माटो परीक्षण गरिनेछ । अग्र्यानिक खेतिलाई प्रोत्साहन गरिने उनले बताए ।

काठमाडौंको चोभारमा हाट बजार सञ्चालनमा ल्याइनेछ । स्थानीय तहलाई वित्तीय हस्तान्तरण गरिनेछ । जमिनमा कृषकको पुहँच बढाइने भने उत्पादनको समर्थन मूल्य तोकिनेछ । बाली बीमामार्फत बाली उत्पादन भएपछि मात्रै तिर्न पाउने व्यवस्था गरिनेछ ।





  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार २३:४५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया