सरकारले विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरुको संख्यामा कमी आओस् भन्ने चाहेको छ । विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरुले अहिले तिर्दै आएको शुल्कमा थप करहरु थपिएको छ । यसले विदेश जाने परिपाटीमा कम हुँदै जाओस् भन्ने सरकारको नीति रहेको बुझ्न सकिन्छ ।
विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरुले अबदेखि भाषा परीक्षाका लागि पनि थप पैसा तिनु पर्ने भएको छ । अहिले नेपालमा आइइएलटिएस, टोफेल, पिटिईलगायतका भाषा परीक्षा दिँदा विद्यार्थीहरुले परीक्षण शुल्क विदेशी मुद्रामा तिर्दै आएका छन् ।
अब यो शुल्कमा बैंकहरुले १५ प्रतिशत कर बढी लिनेछन् । अर्थात्, अहिले चलिरहेको भाषा परीक्षण शुल्कमा अब विद्यार्थीहरुले १५ प्रतिशत रकम बढी तिनु पर्ने हुन्छ ।
यसको अर्थ हो, सरकारले विदेशमा अध्ययन गर्न जान चाहेनलाई निरुत्साहित गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।