चीनमाथि फेरि बर्सिए ट्रम्प, भने– विश्वलाई खराब उपहार दियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस महामारी र यसका कारण उत्पन्न भएको संकटलाई लिएर फेरि एक पटक चीनमाथि आक्रमण गरेका छन् । 

ट्रम्पले ट्विटरमा लेखेका छन्, ‘पूरै विश्वमा कोरोनाभाइरसको महामारी फैलिएको छ, चीनले दिएको एउटा अत्यन्त खराब उपहार ।’

ट्रम्पले अमेरिकामा कोरोनाका कारण एक लाख नागरिकको मृत्यु भएकोमा दुख पनि प्रकट गरेका छन् । 

अमेरिकामा अहिलेसम्म १७ लाख मानिस कोरोना संक्रमित भएका छन् । यो विश्वमा संक्रमितको ३० प्रतिशत हो । 

अमेरिकामा कोरोनाका कारण विश्वमै सबैभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । 

ट्रम्पले चाहिँ आफ्नो सरकारले काम नगरेको भए यो संख्या २५ गुणा बढी हुने बताएका छन् ।





  • प्रकाशित मिति : जेठ १६, २०७७ शुक्रबार १:३९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया