जाजरकोट चौरजहारीका नवराज विकसहित ६ जनाको हत्याको विरोधमा नेपाल दलित संघ र नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् ।
जातीय विभेदको कारण भएको सामूहिक हत्यामा सहभागी अपराधीको कारवाही हुनु पर्ने, घटनाको छानविन तथा अनुगमनको लागि संसदीय तहको छानविन समिति तत्कालै गठन गर्नु पर्ने, हत्याराहरुलाई तत्कालै गिरफ्तार गर्न, बेपत्ता शव तत्कालै खोज्न, मृतक सवैलाई शहिद घोषणा गर्न र आगामी दिनमा यस्तो घटना दोहोरिन नदिने बताए । सरकारले तत्कालै जातीय विभेद विरुद्धको जनचेतनामुलक तथा अन्य कार्यक्रम गर्नु पर्ने माग गरेको छ ।
कार्यक्रमलाई संबोधन गर्दै नेपाल बिद्यार्थी संघका नेता दीपक भट्टराईले जातीय विभेद विरुद्धको अभियानमा नेपाल बिद्यार्थी संघको ऐक्यवद्धता रहेको छ ।
सोही क्रममा नेपाली कांगे्रस नेता तथा राष्ट्रिय दलित आयोगका पूर्व सदस्य मंन्जित ताम्राकार र नेपाली कांगे्रसका केन्द्रीय सदस्य जीवन परियारले दोषीलाई तत्कालै कारवाही गर्न र उच्च स्तरीय छानविन समिति गठन गर्न माग गरे । कार्यक्रम लकडाउनको बीचमै आयोजना गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।