प्युठानमा चट्याङ लागेर एककाे मृत्यु

गौमुखी गाउँपालिका–६ स्थित लिबाङ धाराटोलमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । बुधबार बेलुका चट्याङ लागेर स्थानीय ११ वर्षीय दिपक सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते भएका बालकको उपचारका लागि स्वास्थ्य चौकी लिबाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

चट्याङकै कारण २५ वर्षीय सुरेश विक घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेकाले जिल्ला अस्पताल बिजुवार ल्याइ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी नरेन्द्रकुमार कार्कीले बताए । उनको स्वास्थ्य अवस्था सुधारहुँदै रहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ १६, २०७७ शुक्रबार ३:२७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया