नेपालमा काेराेनाका कारण छैटाैं व्यक्तिकाे निधन

स्वास्थ्य मन्त्रालयकाे अनुसार नेपालमा अब काेराेनाका कारण ६ जनाकाे निधन भएकाे छ ।

१० जेठमा भारतबाट आउँदै गरेका र बाटाेमा मृत्यु भएका व्यक्तिमा काेराेना संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेनाका कारण ६ जनाकाे निधन भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले जनाएका छन् ।

मृत्यु हुने व्यक्ति ​अर्चाखाँचीका ३५ वर्षीय युवक हुन् । ११ जेठमा भारतबाट आएका ती युवकको कपिलवस्तुको कृष्णनगर नाकामा मृत्यु भएको थियो।

उनको त्यहाँ नै स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। हिजो उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

 

 





  • प्रकाशित मिति : जेठ १६, २०७७ शुक्रबार १६:३८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया