नेपालमा १ लाख छन् क्वारेन्टाइनमा

नेपालमा अहिले कोरोनाभाइरस संक्रमणको जोखिममा रहेका झन्डै एक लाख जना क्वारेन्टाइनमा रहेका छन् । 

स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार ९९ हजार ३ सय ३६ जना देशभर अहिले क्वारेन्टाइनमा छन् । यीमध्ये प्रदेश ५ मा मात्र ३२ हजार ३ सय ७३ जनामा छन् । 

सुदूरपश्चिम प्रदेशमा चाहिँ २५ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा छन् । त्यस्तै, कर्णालीमा १७ हजार पाँच सय, बागमतीमा १९ सय ५४, गण्डकीमा २८ सय १४ जना र प्रदेश २ मा १६ हजार ६ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन् ।

नेपालमा अब १२१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ । 

अनि नेपालमा कोभिड १९ का कारण ६ जनाले ज्यान गुमाइसकेका छन् ।





  • प्रकाशित मिति : जेठ १६, २०७७ शुक्रबार १६:५२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया