एउटा गाडीको २ लाख तिरेर प्रवासी मजदूरलाई घर पठाउँदै छन् सोनु सुद

भारतमा लकडाउनका कारण निकै ठूलो तनावमा रहेका छन्, दैनिक ज्यालादारीमा काम गर्ने मजदूर । उनीहरुसँग न आफूले काम गर्ने सहरमा काम छ, न घर जानका लागि पैसा नै । 

यही समयमा भारतीय अभिनेता सोनु सुदले उनीहरुका लागि घर पठाउने काम गरिरहेका छन् । 

उनले मुम्बईबाट कयौँ हजार मजदूरहरुलाई उनीहरुको घर पठाएका छन् । 

यसका लागि उनले बसको व्यवस्था मात्र होइन, मजदूरहरुलाई घर पठाउने अनि उनीहरुलाई खानाको पनि व्यवस्था गर्ने गरेका छन् । 

उनले यसका लागि आफूले २ लाख भारतीय रुपैयाँ एउटा बसका लागि खर्च गरिरहेको बताएका छन् । उनले मजदूरहरु कहाँ जानका लागि आउँछन्, त्यसमा खर्च निर्धारण हुने बताइएको छ ।





  • प्रकाशित मिति : जेठ १६, २०७७ शुक्रबार १८:४६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया