लकडाउनमा बिजी राख्न किताब पढ्छिन् यी अभिनेत्री

बलिउड अभिनेत्री कृति कुल्हारीले पछिल्लो समय भारतमा निकै प्रशंसा पाउन थालेकी छिन् । अभिनयमा लगातार राम्रो गर्दै गएपछि उनले भारतमा चर्चा पाउन थालेकी हुन् । 

यहीबीच लकडाउनका कारण घरमा थुनिएकी उनले आफ्नो लकडाउन दैनिकी पनि सेयर गरेकी छिन् । भारतको एक सन्चारमाध्यममा अन्तर्वार्ता दिँदै उनले भनेकी छिन्, ‘अहिले त म घरको काममा नै बिजी छु ।’

उनले यो लकडाउनको समयमा काम गर्नु भनेको घरमा आमालाई किचनमा सहयोग गर्नु भएको बताएकी छिन्। 

यतिमात्र होइन, उनले लकडाउनमा विकास गरेको बानी चाहिँ किताब पढ्नु हो । ‘एकै पटकमा तीन किताबसम्म पढिरहेकी छु,’ उनले भनेकी छिन् ।





  • प्रकाशित मिति : जेठ १७, २०७७ शनिबार ०:१६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया