नेपालमा थप १८९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । यो पछिल्लो २४ घन्टामा आएको कोरोनाभाइरस परीक्षणको नतिजा हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै अब नेपालमा संक्रमितको संख्या १४०१ पुगेको छ । अहिलेसम्म नेपालमा ६ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाइसकेका छन् ।
पछिल्लो २४ घन्टामा थपिएका १८९ जना संक्रमितमध्ये १०१ जना त कपिलवस्तुका मात्र हुन् । कपिलवस्तुमा १५ देखि ५२ वर्षकासम्मलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो ।
त्यस्तै, सर्लाहीका १७ जनामा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सिराहाका ११, सप्तरीका ९, धनुषाका ७, रौतहटका ६, महोत्तरीका ४, पर्साका २, बाराका १ जनामा पनि कोरोनाभाइरस संक्रमण देखिएको छ ।
नेपालको पश्चिममा पनि संक्रमितको संख्या पनि बढिरहेको छ । दैलेखमा मात्र पछिल्लो २४ घन्टामा १४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । त्यस्तै, दाङमा ५ जना, संखुवासभामा २, झापामा १ र ललितपुरमा १ महिलामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।