भारतको सरकारले देशमा कोरोनाभाइरस नियन्त्रणका लागि लगाएको लकडाउन थप १५ दिन लम्ब्याउने भएको छ । यसलाई भारत सरकारले लकडाउन ५ नाम दिएको छ । यो भारत सरकारले लकडाउन लम्ब्याउन लागेको पाँचौ पटक हो ।
भारतमा पछिल्लो लकडाउन भोलि सकिँदै छ । भोलि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको नाममा सम्बोधन गर्दै छन् ।
उनले गर्ने यही सम्बोधनमा लकडाउन ५.० बारे बताउने भारतीय मिडियाले जनाएका छन् ।
भारतमा पछिल्लो समय दैनिक ६ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको निको हुने दर ४७ प्रतिशत रहेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।