नेपालमा क्वारेन्टाइनमा अर्को मृत्यु, कोरोनाबाट मृत्यु हुने संख्या ७ पुग्यो

नेपालमा अब कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या अब ७ पुगेको छ ।

दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टाइनमा मृत्यु भएका एक युवकको कोरोनाभाइरस रिपोर्ट आएसँगै यो संख्या बढेको हो । 

यी युवकको कोरोना रिपोर्ट शनिबार अबेर पोजिटिभ भएको पुष्टि भएको हो । 

उनी दुल्लु नगरपालिकाका ३५ वर्षका युवा हुन् । उनी त्यही नगरपालिकाको वडा नम्बर ७ मा बनाइएको क्वारेन्टाइनमा बसेका थिए ।

शनिबार विहान उनको मृत्यु भएको थियो । 

उनी भारतबाट १० दिनअघि फर्किएका हुन् । उनको मृत्युबारे स्वास्थ्य मन्त्रालयले अहिलेसम्म औपचारिक जानकारी दिएको छैन । 



यसअघि पनि बाँकेमा एक युवाको क्वारेन्टाइनमा निधन भएको थियो । उनको पनि निधनपछि कोरोना पोजेटिभ भएको खुलेको थियो ।



  • प्रकाशित मिति : जेठ १७, २०७७ शनिबार १८:५०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया