काबुलमा बम विस्फाेट, पत्रकारसहित २ जनाकाे मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा भएको वम आक्रमणमा परी एक टेलीभिजन पत्रकार र बसका चालकको मृत्यु भएको छ ।

शनिबार अफगानिस्तानको एउटा निजी संस्थाले सञ्चालन गरेको टेलिभिजन च्यानलका कर्मचारी लिएर गुडिरहेको बसमा आक्रमण भएको हो ।  

टेलिभिजनका १५ कर्मचारीलाई घर पु-याउने क्रममा विष्फोट भएकोे कुर्सिद टेलिभिजन च्यानलका निर्देशक जावेद फरादले बताए ।

आक्रमणको अफगानी गृहमन्त्रालयले पनि पुष्टि गरेको छ । मन्त्रालयले टेलिभिजनको गाडीलाई नै लक्षित गरेर आक्रमण गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कुर्शिद टेलिभिजनको गाडीलाई एक वर्षभित्र भएको यो दोस्रो आक्रमण हो । घटनामा दुई बटुवासमेतको मृत्यु भएको बताइएको छ । सन् २०१९ को अगस्त महिनामा पनि उक्त च्यानलका कर्मचारी बोक्ने गाडीमा यस्तै आक्रमण भएको थियो ।

अफगानिस्तानमा तालिवान समूहसँग अमेरिकाले गरेको युद्धविराम सम्झौतासँगै आक्रमणका घटनाहरूमा कम आएपनि सरकार र विद्रोही पक्षबीच यदाकदा आक्रमणका घटना भने रोकिएका छैनन् ।





  • प्रकाशित मिति : जेठ १७, २०७७ शनिबार २३:६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया