क्वारेन्टाइनमा एक बालकको मृत्यु

डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको एक क्वारेन्टाइनमा राखिएका बालकको मृत्यु भएको छ । 

डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका ६ वर्षीय बालकको मृत्यु भएको हो । 

गत राति १२ बजेतिर उनको मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ । उनी शनिबार राति नै भारतको मुम्बईबाट डडेल्धुरा आइपुगेका थिए । त्यसपछि उनलाई जिल्लाको क्वारेन्टाइनमा राखिएको थियो । 

उनको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल पुर्याइएको थियो । तर, बाटोमा नै उनको मृत्यु भएको हो । आइतबार विहान ३ बजे ती बालकलाई अस्पताल पुर्याइएको थियो ।

उनले भारतमा रहँदा नै मलेरियाको उपचार गराइरहेको उनको परिवारले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ १८, २०७७ आइतबार १०:१५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया