कोरोनाका कारण ब्राजिलमा फ्रान्समा भन्दा धेरै मृत्यु

पछिल्लो समय ब्राजिल कोरोना महामारीका कारण निकै प्रभावित भइरहेको छ । अब ब्राजिलमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या २८ हजार ८ सय ३४ पुगेको छ ।

यसका साथसाथै ब्राजिल कोरोनाका कारण सबैभन्दा प्रभावित विश्वको चौथों देश बनेको छ । योसँगै ब्राजिलमा फ्रान्समा भन्दा धेरैको मृत्यु भएको छ । फ्रान्समा अहिलेसम्म कोरोनाका कारण २८ हजार ७ सय ७७ जनाको निधन भइसकेको छ ।

शनिबार ब्राजिलमा कोरोनाभाइरसका नयाँ संक्रमति पनि निकै धेरै भेटिएका थिए । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार ३३ हजार २ सय ७४ जनामा शनिबार कोरोना पुष्टि भएको थियो । योसँगै ब्राजिलमा अब करिब ५ लाख कोरोनाभाइरस संक्रमति भेटिएका छन् ।





  • प्रकाशित मिति : जेठ १८, २०७७ आइतबार १०:२३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया