बाजुराको जिल्ला अस्पतालको आइसोलेसनमा २ वर्षीया बालिकाको मृत्यु भएको छ । अब उनको स्वाब संकलन गरेर पिसिआर विधिबाट कोरोना परीक्षण हुने भएकोछ ।
आइतबार विहान २ बजे निधन भएकी यी बालिका केही दिनअघि मात्र भारतबाट आएकी थिइन् ।
उनीहरु गौरीफन्टा नाकाबाट नेपाल छिरेको र क्वारेन्टाइनमा बस्दा समस्या भएपछि यी बालिकालाई अस्पतालमा भर्ना गरिएको थियो । यी बालिकालाई भारतबाट आउँदा नै ज्वरो आउने र वान्ता हुने समस्या देखिएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।