भारतमा पछिल्लो समय कोरोनाभाइरस संक्रमितको संख्या दैनिक हजारौँको संख्याले बढिरहेको छ । यहीबीच भारतको तमिलनाडु राज्यले ३० जुनसम्मका लागि लकडाउन बढाएको छ ।
तर, यो लकडाउन केही खुकुलो चाहिँ बनाइएको छ । त्यहाँ केही पसलहरुलाई र अत्यावश्यक कार्यालयहरुमा सामाजिक दूरी मेन्टेन गरेर काम गर्न दिइने बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशवासीका नाममा सम्बोधनको श्रृङ्खला मनकी बातमा कोरोनासँगको लडाइँ लामो भएको बताएका छन् ।
‘हामी सबैले यो समयमा नयाँ नयाँ चुनौतीको पनि सामाना गरिरहेको छौँ,’ उनले भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।