कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गरेकी छिन् । यो संविधानको दोस्रो पटक संशोधन गर्न पेश गरिएको विधेयक हो ।
नेपालले केहीअघि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा समावेश गरेर नयाँ नक्सा ल्याएसँगै यो संविधान संशोधन विधेयक प्रस्तुत भएको हो । अब यो नेपालको नयाँ नक्सा निशान छापमा राख्नु पर्ने हुन्छ । त्यसैका लागि संविधान संशोधन विधेयक पेश गरिएको हो ।
यसअघि ५ जेठमा मन्त्रिपरिषद् बैठकले यो नयाँ नक्सालाई पारित गरेको थियो । ७ जेठमा भूमि व्यवस्था मन्त्रालयले नयाँ नक्सा सार्वजनिक गरेको थियो । अनि ९ जेठमा यो विधेयक संसद सचिवालयमा दर्ता गरिएको थियो ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले हिजो नै केन्द्रीय कमिटी बैठकबाट यो संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । राप्रपालगायत अन्य दलले पनि यसलाई समर्थन गर्ने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।