राज्यधारीको पक्षपोषणका लागि ल्याइयो बजेटः राजेन्द्र महतो

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले यसपटकको राज्यको चरित्रअनुसार नै बजेट आएको बताएका छन् । उनले राज्यको चरित्र नै सीमान्तकृत समुदायलाई थप समस्यामा पार्ने भएकाले यो बजेटले पनि त्यही गरेको आरोप लगाएका छन् । 

उनले राज्यविहिन जनतालाई यो बजेटले समेट्न नसकेको बताएका छन् । उनले पछिल्लो समय नेपालमा बहुमत जनता विपक्षमा रहने र अल्पमतजे शासन गरिरहेको जस्तो अहिले देखिइरहेको बताएका छन् । 

उनले नेपालमा आदिवासी जनजाति, मधेशी, दलितमाथि अरुले शासन गरिरहेको बताएका छन् ।

यी समूहको संख्या निकै ठूलो भए पनि उनीहरुमाथि शासन भइरहेको बताएका छन् । उनले सत्ताधारीहरुले आफूलाई विजेता भएको दाबी गरिरहेको र अरुलाई भिखारी सोचिरहेको पनि आरोप लगाएका छन् ।





  • प्रकाशित मिति : जेठ १८, २०७७ आइतबार १२:१७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया