स्पेनमा फेरि बढ्ने भयो संकटकाल

स्पेनिस प्रधानमन्त्री पेड्रो सान्चेजले अन्तिम पटक आफूले देशमा लगाएको लकडाउन र संकटकाललाई बढाउने बताएका छन् । उनले अहिलेको संकटकाल बढाउनुको कारण यो महामारी सबैका लागि अन्त्य गर्ने आफ्नो चाहना भएको पनि बताएका छन् ।

पछिल्लो समय लकडाउन अलिक खुकुलो भएपछि स्पेनमा मानिसहरुको आवतजावत बढ्न थालेको छ । तर, अब संकटकाल लम्ब्याउने भएपछि यसमा थप कडाइ हुने भएको छ । 

बुधबार यसबारे स्पेनको संसदमा छलफल हुने बताइएको छ ।

स्पेन विश्वमा सबैभन्दा प्रभावित देशमध्ये एक भएको छ । त्यहाँ अहिलेसम्म २८ हजार मानिसको मृत्यु कोभिड १९ का कारण भएको छ । अनि स्पेनमा २ लाख ३३ हजार मानिसमा कोरोनाभाइरस संक्रमण भएको छ ।





  • प्रकाशित मिति : जेठ १८, २०७७ आइतबार १९:५८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया