बलिउड अभिनेता सलमान खान कहिलेकांही कार्यक्रमहरुमा आफ्ना किस्साहरु रमाइलोसँग सेयर गरिरहेका हुन्छन् । यही सन्दर्भमा उनले कपिल शर्माको कार्यक्रममा एउटा किस्सा सेयर गरेका छन् ।
यो कुरा हो, उनी चार कक्षामा हुँदाको । उनलाई एक शिक्षकले त्यो दिनको सजायस्वरुप दिनभर कक्षाबाट बाहिर निकालिदिएका थिए ।
अचम्म त के भने उनले यो सजाय कटाउन परेन, उनका बाबुले यसलाई कटाइदिए ।
‘मेरो पिता कामबाट फर्किँदै हुनुहुन्थ्यो, उहाँले मलाई कक्षाबाहिर देख्नुभयो,’ सलमान खानले भनेका छन्, ‘पापाले प्रिन्सिपललाई गएर किन सलमानलाई यो सजाय दिनु भएको भनेर सोध्नुभयो । अनि थाहा भयो कि, मेरो फि नतिरेकाले म बाहिर उभिएको रहेछु । पापाले फि तिर्ने काम सलमानको होइन मेरो हो भनेर मेरो सजाय आफूले पनि लिनु भयो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।