दाङमा दुई स्वास्थ्यकर्मीमा देखियो कोरोना

दाङमा क्वारेन्टाइनमा खटिएका दुई स्वास्थ्यकर्मीमा पनि कोरोनाभाइरस संक्रमण देखिएको छ । आइतबार दाङमा थपिएका नौ कोरोनाभाइरस संक्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी भएको पुष्टि भएको हो । 

दाङको गढवा गाउँपालिकाको क्वारेन्टाइनमा खटिएका लमहीका ४० वर्षीय र राप्तीका ३६ वर्षीय पुरुषमा कोरोनाभाइरस देखिएको हो ।

यी दुवै जना लकडाउन सुरु भए यता नै क्वारेन्टाइनको व्यवस्थापन र त्यहाँ चेकजाँचमा खटिएका थिए ।





  • प्रकाशित मिति : जेठ १८, २०७७ आइतबार २३:४५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया