काठमाडौं– अष्ट्रेलियामा कोरोना भाइरस (कोभिड–१९)का ९२ प्रतिशत संक्रमित निको भएर घर फर्केको बिबिसीले जनाएको छ ।
अष्ट्रेलियामा सात हजार दुई सयको हाराहारीमा रहेका संक्रमितमध्ये अधिकांश घर फर्केका छन् भने अहिले अस्पतालमा भर्ना भएका निको हुन बाँकी बिरामीको संख्या २१ छ ।
कोरोना भाइरसको संक्रमणमा कमी आएसँगै अष्ट्रेलियामा लकडाउन केही खुकुलो बनाइएको छ । साथै बढीमा ५० जना भेला हुन अनुमति दिइएको छ ।
अष्ट्रेलियाको धेरै मानिसको बसोवास रहेको न्यु साउथ वेल्समा क्याफे, रेष्टुरेन्ट, ब्युटी पार्लरहरु खोल्नका लागि पनि अनुमति दिइएको छ । सोमबारदेखि अष्ट्रेलियामा चिडियाखाना, संग्रहालय खुलेका छन् ।
अहिलेसम्म कोरोना भाइरसबाट अष्ट्रेलियामा १०३ जनाको मृत्यु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।