एकै दिन २२६ जनामा कोरोनाभाइरस संक्रमण

नेपालमा पछिल्लो २४ घन्टामा २२६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यीमध्ये २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सोमबार यो जानकारी दिएका हुन् ।

उनका अनुसार पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै दैलेखमा ४१ जना र कपिलवस्तुमा ४० जना संक्रमित भेटिएका छन् । त्यस्तै, सर्लाहीमा ३८, कैलालीमा १४, झापामा २, नवलपरासीमा ३, जुम्लामा १९, सल्यानमा १०, सुर्खेतमा ५, रौतहटमा १८, बाँकेमा ७, दाङमा ९, धनुषामा ७, महोत्तरीमा २, मकवानपुरमा १, सिरहामा ५, उदयपुरमा १, अछाममा १, कैलालीमा १४, बैतडीमा १, डोटीमा १, कञ्चनपुरमा १ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो ।

योसँगै नेपालमा अब कोरोना संक्रमितको संख्या १७९८ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोनाबाट ८ जनाको निधन भइसकेको छ ।





  • प्रकाशित मिति : जेठ १९, २०७७ साेमबार १६:३६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया