नर्भिक अस्पतालमा उपचाररत हेटौंडाकी महिलामा कोरोना संक्रमण पुष्टि

नर्भिक अस्पतालमा उपचाररत एक महिलामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनी हेटौंडाकी भएको अस्पतालले जनाएको छ ।

६१ वर्षकी महिलामा कोरोनाभाइरस संक्रमण देखिएको हो । 

उनलाई बिहीबार राति उपचारका लागि नर्भिकमा भर्ना गरिएको थियो । काठमाडौं बाहिरबाट आएकाले उनको पिसिआर परीक्षण आएको र रिपोर्ट पोजेटिभ आएको अस्पतालका एक अधिकारीले फरकधारलाई जानकारी दिएका छन् ।

नर्भिकले उनको उपचारका लागि पाटन अस्पताल पठाएको छ ।





  • प्रकाशित मिति : जेठ १९, २०७७ साेमबार १६:४४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया