रुपन्देहीमा २५ जना काेराेना संक्रमित डिस्चार्ज

रुपन्देहीकोे भीम अस्पतालमा उपचारार्थ भर्ना भएका २५  कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

गैँडहवा गाउँपालिकाका १०, लुम्बिनी सांस्कृतिक नगरपालिका र कपिलवस्तुका ५/५, सिद्धार्थनगर नगरपालिकाका १, नवलपरासीका ३ जना र भारतका १ जना अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा नवीन दर्नालले जानकारी दिए। प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले डिस्चार्ज भएका बिरामीलाई फूल र खादा ओढाएर बिदाइ गरे ।

मन्त्री बरालले कोरोना लाग्दैमा आत्तिनु नपर्ने  तर सतर्कता भने अपनाउनुपर्ने बताए । उनले संक्रमितलाई हेयको दृष्टिले नहेर्न पनि आग्रह गरे । डिस्चार्ज भएका बिरामी खुशी हुँदै नाचेर बिदा भएका थिए ।

यसअघि आइतबार बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत चार संक्रमित  डिस्चार्ज भएका छन् । पछिल्लो पटक गरिएको परीक्षणमा नेगेटिभ देखिएपछि अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए । संक्रमितमध्ये कपिलवस्तुको यशोधरा गाउँपालिकाका दुई र बुद्धभूमि नगरपालिकाका एक युवक गत वैशाख ३० गते अस्पताल भर्ना भएका थिए ।

उनीहरू भारतबाट आएको जनाइएको छ । यस्तै रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका युवकलाई वैशाख २९ मा अस्पताल ल्याइएको थियो । उनी पनि मुम्बईबाट आएका थिए ।





  • प्रकाशित मिति : जेठ १९, २०७७ साेमबार १७:५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया